रुस नियन्त्रित क्रिमियामा युक्रेनी आक्रमणमा १ जनाको मृत्यु, २ घाइते
नेपालखोज
२०८० पुष १० गते १४:३९
मस्को । रुस नियन्त्रित क्रिमियाली बन्दरगाह शहर फियोडोसियामा मङ्गलबार भएको युक्रेनी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको सो क्षेत्रका गभर्नरले जानकारी दिनु भएको छ ।
‘दुर्भाग्यवश, फिओडोसियामा शत्रुको आक्रमणमा परी एक जना व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्,’ सर्गेई अक्स्योनोभले टेलिग्राममा उल्लेख गर्नु भएको छ ।
आक्रमणबाट छवटा भवनहरू क्षतिग्रस्त भएको र त्यहाँका बासिन्दाहरूलाई अन्यत्र सारिएको जनाइएको छ । युक्रेनको वायुसेनाले मङ्गलबार मस्कोको कीभ विरुद्धको युद्धमा ड्रोन बोकेको आशंकामा फिओडोसिया नजिकै रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ ।
अक्स्योनोभले जनाए अनुसार ‘बन्दरगाह क्षेत्र घेराबन्दी गरिएको छ ।’ युक्रेनले बारम्बार क्रिमियामा विशेषगरी रुसी सेनालाई लक्षित गरी हमला गरिरहेको छ । रासस/एएफपी
सम्बन्धित








प्रतिक्रिया