आइतबार, जेठ ६, २०८१

बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट गरेकाे आराेपमा श्रीमान्‌सहित सातजना पक्राउ

नेपालखोज २०८० पुष १० गते १५:३८

सिन्धुली । सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापासहित ७ जना रहेका छन् ।

कमलामाई नगरपालिका–४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमान्सहित ७ जना पक्राउ परेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार पोलमा बाँधेर राखेकै अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको हो । उद्धारको समयमा उनी बेहोस अवस्थामा रहेकी प्रहरीले जनाएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया