मंगलबार, असार २४, २०८२

हिमालयन रिइन्सुरेन्सको आईपीओ बुधबार बाँडफाँड

नेपालखोज २०८० पुष ११ गते १०:५७

काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आईपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो जसको बाँडफाँड आज भएको हो ।

कुल आवेदक मध्ये १५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ ।

यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

सो हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।

प्रतिक्रिया