आइतबार, वैशाख १६, २०८१

झण्डै दुई अंकले घट्दा चार अर्ब २९ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष १२ गते १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर नैं रोकिएको छ । अघिल्लो दिन १७ दशमलव २३ अंकले घटेको नेप्से आज पुन एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६२ अंकले घटेर तीन सय ८५ दशमलव ४४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय चार पटकको कारोबारमा एक करोड १६ लाख ५८ हजार एक सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २९ करोड नौं लाख ३२ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा छ वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये होटल तथा पर्यटन समुहको सुचक ६३ दशमलव २० अंकले बढेर पाँच हजार छ सय ८३ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २६ दशमलव १० अंकले बढेर ११ हजार चार सय १२ दशमलव ६१ अंकमा पुगेको छ ।

यि बाहेक लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ५९, ७५ दशमलव ७५, शुन्य दशमलव शुन्य सात र एक दशमलव ४७ अंकले बढेका छन् । वाणिज्य बैंक समुहको सुचक भने छ दशमलव शुन्य एक अंकले घटेर ११ सय ९१ दशमलव ९४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि २९ दशमलव ३५ अंकले घटेर तीन हजार नौं सय ४६ दशमलव ५० अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि पाँच दशमलव शुन्य एक अंकले घटेर १७ सय ७३ दशमलव ४७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि छ दशमलव ७१ अंकले घटेर २३ सय ८७ अंकमा झरेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव १० अंकले घटेर ११ हजार तीन सय ६९ दशमलव ९८ अंकमा झरेकोमा लघुवित्त र ट्रेडिङ समुहको सुुचक पनि आठ दशमलव १६ र ४९ दशमलव ९० अंकले घटेका छन् ।

नेप्सेमा आज भिजन लुम्बिनी ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर पाँच सय ३४ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर नौं सय २४ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता चार सय ५४ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा १४ करोड ३८ लाख ३७ हजार तीन सय ६५ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया