आइतबार, जेठ ६, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० पुष १३ गते ११:४४

काठमाडौं  धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ घ्यामपाली टोल बस्ने राम सिंह यादवको यादव मत्स्य तथा कृषि कुखुरा फर्ममा विद्युत् सर्ट भई शुक्रवार बिहान आगलागी हुँदा कुखुराको दाना र फर्मभित्र रहेको कुखुराको चल्ला ३ हजार समेत पूर्ण रूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रोल्पाको रोल्पा नगरपालिका–१ भैसिगैरा बस्ने ५० वर्षीय नर बहादुर गिरीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात जलेर करिब ९ लाख २४ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलस्थित अनुप अग्रवालको रिद्धिसिद्धी भेनियर प्लाई फ्याक्ट्री नजिकै प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ राखेको ठाउँमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थनीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया