आइतबार, जेठ ६, २०८१

भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन आग्रह

नेपालखोज २०८० पुष १४ गते १५:२५

जाजरकोट । नलगाड नगरपालिकाले गत कात्तिक १७ गते गएको भूकम्पबाट जनधनको क्षति बेहोरेका पीडितलाई दुई प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन आग्रह गरेको छ ।

नगरपालिकाले कार्यपालिकाको बैठकबाट निर्णय गरेर भूकम्प पीडितलाई दुई प्रतिशत ब्याजमा रु ५० लाखसम्म ऋण दिन आग्रह गरिएको नगरप्रमुख डम्बर रावतले बताए ।

यहाँका अधिकांश सर्वसाधारणका घर, पशुचौपाया तथा घरमा रहेका अन्य सामग्रीसमेत नष्ट भएकाले समस्या भोगिरहेको भन्दै अर्थ र राष्ट बैंकसँग यस्तो माग गरिएको उनले बताए ।

नलगाडमा मात्र भूकम्प प्रभावितको सङ्ख्या आठ हजार ९७ घर परिवार रहेको छ । भारत गएर कमाइ ल्याएको रकमबाट बर्सेनि दैनिक परिवार पाल्ने यहाँका बासिन्दाको भूकम्पबाट सबै गुमाउँदा परेको समस्या समाधान गर्न नगरपालिकाले दुई प्रतिशतमा ऋण मागेको हो ।

प्रतिक्रिया