अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट मासिक भत्ता
नेपालखोज
२०८० पुष १४ गते १६:१५

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको हो ।
पाँच वर्षदेखि आठजना अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा एक हजारका दरले भत्ताबापतको रकम उपलव्ध गराइँदै आइएको सामुदायिक वनका अध्यक्ष केशव सिंह धामीले बताए ।
चालु आर्थिक वर्षमा पनि अपाङ्गता भएका व्यक्तिलाई भत्ताका साथै आर्थिक सहयोग निरन्तर उपलब्ध गराइने धामीले बताए । विसं २०७६ देखि अपाङ्गता भएका व्यक्तिलाई निरन्तर रुपमा भत्ता उपलव्ध गराउँदै आइएको उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया