आइतबार, वैशाख २३, २०८१

माइक्रोसफ्टका प्रमुख बने वर्षको सर्वोत्कृष्ट सीईओ

नेपालखोज २०८० पुष १४ गते १६:२३

काठमाडौं । यो वर्ष सन् २०२३ मा विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बोलवाला रह्यो । दुनियाँका हरेक ठूला प्रविधि कम्पनीले यो प्रविधिको प्रयोग गरिरहेका छन् ।

माइक्रोसफ्ट कम्पनीको लगानी रहेको ओपन एआई कम्पनीले बनाएको च्याट जीपीटी नामक एआई च्याटबटले ठूलो तहल्का मच्चाइरहेको छ ।

सोही कारण एआई सम्बन्धी योजना तय गर्न सफलता प्राप्त गरेको भन्दै माइक्रोसफ्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला सन् २०२३ को सीईओ अफ द इयर बनेका छन् ।

विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी माइक्रोसफ्टले एआईमा अर्बौँ डलर लगानी गरेको छ । कम्पनीको यहीँ निर्णयकै कारण सत्य नाडेलालाई सीएनएनले वर्ष सीईओ घोषणा गरेको हो ।

प्रतिक्रिया