बुधबार, जेठ २, २०८१

बैतडीको मेयर कप क्रिकेटमा खलंगा सेमिफाइनलमा

नेपालखोज २०७८ फागुन २९ गते १६:०२

काठमाडौं । बैतडीको दशरथचन्द नगरपािलका-४ खलङ्गा, देहिमाडौंमा जारी पाँचौ संस्करणको मेयर कप पुरुष टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खलङ्गाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो । खलङ्गाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो ।

दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए । हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ ।बलिङतर्फ खलंगाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २/२ विकेट लिए । यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलंगाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो बलिङतर्फ दुर्गाभवानीका शंकर नाथले २ विकेट लिए ।

खलंगाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए । प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनले दशरथचन्द नगरपालिका-७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता आगामी चैत्र २ गते सम्पन्न हुने छ । उपाधि विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

प्रतिक्रिया