बागमती प्रदेश प्रमुखले दिए तमु ल्होसारको शुभकामना
नेपालखोज
२०८० पुष १५ गते १०:२६

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका दाजुभाइ–दिदिबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको कामना गरेका छन् ।
तमु ल्होसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रदेशप्रमुख शर्माले ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया