डुबेर मृत्यु
नेपालखोज
२०८० पुष १६ गते १५:१८

काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–१० दोलालघाट बस्ने धुलिखेल नगरपालिका–६ ईतोल घर भएका बुद्धराम खड्गीकी छोरी ५ वर्षीया रोजिना खड्गीको सोही ठाउँस्थित इन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–२ हान्द्रुङस्थित तमोर खोलामा डुबेर माल्टा टाउन बंगाल भारत घर भई सानिमा हाइड्रो पावरमा काम गर्ने २२ वर्षीय मुकेश साहीको आइतबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया