आइतबार, वैशाख १६, २०८१

चार अर्ब ४८ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष १६ गते १५:२५

काडमाडौं । नेप्से घटेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ८५ दशमलव शुन्य सात अंकमा झरेको छ । नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख दुई हजार नौं सय पाँच पटकको कारोबारमा एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आव १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव १५ अंकले बढेर ११ सय ९२ दशमलव १० अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि चार दशमलव १९ अंकले बढेर तीन हजार नौं सय ५० दशमलव ७० अंकमा पुगेको छ ।

यि बाहेक लगानी, उत्पादमुलक र ट्रेडिङ  समुहहरुको सुचक पनि क्रमशः शुन्य दशमलव ८३, ६३ दशमलव ९२ र १३ दशमलव १० अंकले बढेका छन् । फाईनान्स समुहको सुचक भने १४ दशमलव ३५ अंकले घटेर १७ सय ६९ दशमलव १२ अंकमा झरेमा जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव १८ अंकले घटेर २३ सय ४५ दशमलव ८२ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ८० दशमलव ५४ अंकले घटेर ११ हजार एक सय ८९ दशमलव ४३ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव २५ अंकले घटेर ११ हजार तीन सय २६ दशमलव ३६ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि क्रमशः ९६ दशमलव २२, पाँच दशमलव ७०, शुन्य दशमलव शुन्य पाँच र पाँच दशमलव १४ अंकले घटेका छन् ।

नेप्सेमा आज सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर एक हजार ४५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मुलुङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ दशमलव शुन्य नौं प्रतिशतले घटेर तीन सय ७५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । शिवम सिमेन्टको भने आज प्रतिकित्ता पाँच सय ७९ रुपैंयाँ अन्तिम मुल्यमा २० करोड १३ लाख ७३ हजार छ सय ६२ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया