तीन महिनादेखि लागेको ताला फोर्ने मध्यपश्चिम विश्वविद्यालयको चेतावनी

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय कार्यालयमा गत १२ असोजमा प्राध्यापकहरुले लगाएको ताला दुई दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संघ र एकीकृत प्रगतिशील प्राध्यापक संघले सम्बन्धन तथा थप कार्यक्रम दिन नहुने लगायतको माग राखेर ताला लगाएका थिए ।
तीन महिनादेखि ताला लगाइदा दैनिक प्रशासनिक कामकाज ठप्पमा भएको र विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत आँच पुगेको भन्दै विश्वविद्यालयले अबको दुई दिनभित्र ताला खोलिदिन अपिल गरेको छ ।
विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै प्राध्यापक संघसंगठन तथा विद्यार्थी संघसंगठनसँग विश्वविद्यालयको उच्च स्तरीय वार्ता समितिले १४ औं पटक औपचारिक तथा अनौपचारिक वार्ता तथा संवाद गर्दा पनि निर्णयमा पुग्न नसकेको जनाएको छ ।

प्रतिक्रिया