जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी
नेपालखोज
२०८० पुष १७ गते १७:०२

काठमाडौं । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।
जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।
एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ ।
सम्बन्धित

प्रतिक्रिया