आयोजनासँग स्थानीय तहले कर मागेपछि इप्पानले गरायो मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । स्थानीय तहले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनामा सोलुदूधकुण्ड नगरपालिकाले कानुन विपरीत आयोजनाहरुलाई पत्र काटेर कर मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को छ ।
मंगलबार करिडोरका आयोजना प्रवर्द्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले मन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरु विद्युत् ऐन २०४९ अनुसार विद्युत् विकास विभागबाट अनुमति लिएर सञ्चालनमा आउने र आयोजनाहरुले प्राकृतिक स्रोत प्रयोग गरेवापत क्षमता अनुसारको रोयल्टी र व्यवसाय अनुसारको अन्य करहरु संघीय सरकारलाई एकैपटक तिर्दै आएकोमा स्थानीय तहले नियम विपरीत दोहोरो कर मागेको इप्पानको भनाइ छ ।
प्रतिक्रिया