भन्सारले मुद्दा दायर गरेपछि बल्ल संगठित अपराधमा अनुसन्धान

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अब प्रहरीले थप अनुसन्धान गर्ने भएको छ ।
भन्सारले अनुसन्धान सकेर २६औं दिनमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा १० जनाविरुद्ध भन्सार ऐन, २०६४ अनुसार मुद्दा दायर गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।
भन्सारले यो गिरोहले पटकपटक गरेर एक अर्ब ४० करोड रुपैयाँ बराबरको १३८ किलो सुन तस्करी गरेको निष्कर्षसहित बिगोदाबी गर्दै मुद्दा दायर गरेको छ ।
भन्सारले यसमा संगठित अपराधको तत्व पनि देखिएको भन्दै अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गर्ने तयारी गरेको छ । प्रमुख भन्सार प्रशासक पाण्डे भन्छन्, ‘भोलि (बुधबार) सीआईबीलाई पत्र लेखेर थप अनुसन्धान गर्न भन्दैछौं ।’
सीआईबीका अनुसन्धान अधिकृतहरु भने ढिला फाइल प्राप्त हुँदा अनुसन्धानमा कठिनाइ हुने बताउँछन् ।
प्रतिक्रिया