पोल्याण्डद्वारा युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन आग्रह
नेपालखोज
२०८० पुष १८ गते १७:०३

वार्सा । पोल्यान्डका विदेशमन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन् । कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ ।
युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मङ्गलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।
बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया