आइतबार, वैशाख १६, २०८१

आठ अंकले घट्दा पाँच अर्ब ५८ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष १९ गते १५:२९

काठमाडौं । अघिल्लो दिन झण्डै २८ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने घटेको छ । नेप्से आज आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १२ अंकले घटेर तीन सय ७९ दशमलव १६ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख आठ हजार चार सय तीन पटकको कारोबारमा एक करोड ६० लाख ५१ हजार एक सय एक कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक छ दशमलव ५० अंंकले घटेर ११ सय ७६ दशमलव सात अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३२ दशमलव ४८ अंकले घटेर तीन हजार नौं सय ११ दशमलव ४६ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १६ दशमलव १८ अंकले घटेर १७ सय ५० दशमलव शुन्य पाँच अंकमा झरेकोमा जीवन बीमा समुहको सुुचक पनि एक सय ३७ दशमलव शुन्य आठ अंकले घटेर १० हजार सात सय ९४ दशमलव ९४ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक सय चार दशमलव ८८ अंकले घटेर ११ हजार एक सय २९ दशमलव ३२ अंकमा झरेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि क्रमश: २६ दशमलव ५३, ३७ दशमलव ९७, ११ दशमलव शुन्य आठ र ५८ दशमलव २१ अंकले घटेका छन् ।

जलबिद्युत समुहको सुचक भने ४४ दशमलव ३३ अंकले बढेर २४ सय ३० दशमलव ८६ अंकमा चढेकोमा लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ८९, शुन्य दशमलव १४ र ६६ दशमलव ९५ अंकले बढेका छन् ।

नेप्सेमा आज कालिका पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय ७७ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ५६ प्रतिशतले घटेर सात सय ६९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने प्रतिकित्ता पाँच सय आठ रुपैंयाँ अन्तिम मुल्यमा ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया