शनिबार, जेठ ४, २०८२

खाद्य गोदाममा कुकुरले टोकेर २३ च्याङ्ग्रा मरे

नेपालखोज २०८० पुष १९ गते १८:१७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं–तिहारको लागि ल्याएर नबिकेका २३ च्याङ्ग्रा एकै रात मरेका छन् । बुधबार साँझ ७ बजे घाँस–पराल र पानी दिएर थुनिएका ४७ च्याङ्ग्रामध्ये बिहान करिब दुई दर्जन मृत फेला परेका छन् । १४ च्याङ्ग्रा घाइते छन् ।

कार्यालय परिसरमै रहेको खोरमा हताहती भएको घटनाको विवरण भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती कार्यालयले सार्वजनिक गरेको छैन । उसले मरेका च्याङ्ग्राबारे यकिन तथ्यांक आफूसँग नभएको भन्दै पन्छिन खोजेको छ । खोरमा थुनिएका च्याङ्ग्राहरू के कारणले मरे भनी पत्ता नलागेको उसको दाबी छ ।

‘हामी पनि अस्पष्ट छौं, वन्यजन्तुको आक्रमण वा अन्य फ्लुको कारणले मर्‍यो कि थाहा छैन । घाँटी र खुट्टामा चोट देखिन्छ । झोक्राएर बसेका केही त बिहान पनि मरेका छन्’, कार्यालय प्रमुख ज्ञानु थापाले अनलाइनखबरसँग भनिन् ।

उनले च्याङ्ग्रा मरेको थाहा पाउनेबित्तिकै पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशुचिकित्सकहरूलाई खबर गरेको बताइन् । ‘बिहानै खबर गरेर पशु चिकित्सकहरू बोलायौं, ल्याबमा दुईवटा च्याङ्ग्रा पनि लगेका छन् । रिपोर्ट नआएसम्म कसरी यत्रो घटना घट्यो भन्न सकिने अवस्था छैन’, थापाले भनिन् ।

प्रतिक्रिया