कम्तीमा १२० दिन घरेलु क्रिकेट

नेपालखोज २०८० पुष २० गते ७:१६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहेका बेला घरेलु क्रिकेट नरोकिने गरी बार्षिक क्यालेन्डर ल्याएको छ ।

बिहीबार सार्वजनिक क्यालेण्डरअनुसार सन् २०२४ मा विद्यालय, यू–१६ र यू–१९ महिला तथा पुरुष, क्लबस्तरीय र राष्ट्रिय गरी दुई दर्जनभन्दा बढी प्रतियोगिताहरु हुने छन् ।

बार्षिक क्यालेण्डर अनुसार घरेलु क्रिकेटलाई वर्षमा कम्तीमा १२० दिन व्यस्त राख्ने क्रिकेट म्यानेजर विनोद दासले बताएका छन् ।

प्रतियोगिताहरु काठमाडौं बाहिर पनि राखिएका छन् । राष्ट्रिय टिम अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त रहँदा पनि काठमाडौं बाहिर घरेलु क्रिकेट सञ्चालन भइरहोस् भनेर यसो गरिएको क्रिकेट संघका सचिव पारस खड्काले बताए ।

प्रतिक्रिया