मंगलबार, असार १७, २०८२

भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथ मन्दिरमा पूजा

नेपालखोज २०८० पुष २० गते १०:५४

काठमाडौं नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया