आइतबार, वैशाख १६, २०८१

सातामा १८ अर्ब १५ करोडको सेयर किनबेच

नेपालखोज २०८० पुष २० गते ११:२७

काठमाडौं । यो साता नेप्से दुई हजार ४९ दशमलव २८ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७८ दशमलव १६ अंकमा सिमित भएको छ ।

नेप्सेमा यो साता तीन सय छ वटा कम्पनीहरुको तीन लाख ९२ हजार नौं सय ९५ पटकको कारोबारमा चार करोड ९६ लाख ३० हजार आठ सय ७० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब १५ करोड ८६ लाख सात हजार छ सय ४४ रुपैंयाँ २६ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा दुई अर्ब रुपैंयाँले बढी हो ।

गत साता भने नेप्सेमा तीन सय नौं वटा कम्पनीहरुको १३ लाख ४७ हजार तीन सय ३६ पटकको कारोबारमा चार करोड ४५ लाख ८५ हजार दुई सय २७ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १६ अर्ब ६५ करोड १४ लाख ४७ हजार सात सय ३८ रुपैंयाँ ७७ पैसा पुगेको थियो ।

यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन सार्वजनिक बिदा परेकाकारण बन्द रहेको नेप्से तेस्रो, तेस्रो र पाँचौं दिन लगाताररुपमा घटेको थियो थियो । चौंथो दिन भने नेप्से बढेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको दोस्रो कारोबार दिन सोमबार आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ अंकमा सिमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दोस्रो दिन शुन्य दशमलव ३७ अंकले घटेर तीन सय ८५ दशमलव शुन्य सात अंकमा झरेकोमा अन्तिम कारोबार दिन पाँच दशमलव १२ अंकले घटेर तीन सय ७९ दशमलव १६ अंकमा सिमित भएको थियो । यि बाहेकका बाँकी दिनहरु मध्ये चौंथो दिन यि दुबै सुचक बढेपनि बाँकी दिनहरुमा भने घटेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार हुँदा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया