शनिबार, वैशाख २२, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ साउन १६ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँ घटेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया