मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकले बैकिङ प्रणालीमा दुई अर्ब ४४ करोड रुपैयाँ राख्ने

नेपालखोज २०८० पुष २० गते १३:३८

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा दुई अर्ब ४४ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा २०८० माघ पाँच गतेदेखि २०८१ माघ पाँच गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि एक अर्ब ९२ करोड २० लाख, बिकास बैंकहरुको लागि ३६ करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २० लाख रुपैंयाँ छुट्याईएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुस २२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन ।

प्रतिक्रिया