सोमबार, वैशाख १५, २०८२

दक्षिण अफ्रिका पुग्यो नेपाल यू-१९ क्रिकेट टोली

नेपालखोज २०८० पुष २१ गते १८:०२

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाली टोली दक्षिण अफ्रिका पुगेको छ ।

शुक्रबार काठमाडौंबाट गएको नेपाली युवा टोली शनिबार दक्षिण अफ्रिका पुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यू-१९ विश्वकप क्रिकेट जनवरी १९ (माघ ५ गते) देखि सुरु हुँदैछ । त्यसअघि नेपाल यू-१९ टिमले दक्षिण अफ्रिकामा तयारी गर्नेछ ।

नेपालले जोहानेसबर्गमा एक साता बिताउनेछ । त्यसक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग दुई प्रशिक्षण म्याच खेल्ने क्यानले जनाएको छ ।

यू-१९ विश्वकप अघि नेपालले आईसीसीको कार्यक्रम अनुसार दुई वार्म अप म्याच खेल्नेछ । नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया