बंगलादेशमा आइतबार आम निर्वाचन, विपक्षीको बहिस्कार
नेपालखोज
२०८० पुष २२ गते ६:१२

काठमाडौं । अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ढाकाको सडकमा उत्रिएर प्रधानमन्त्री शेख हसिनासँग आसन्न आम चुनावका लागि स्वतन्त्र र निश्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग राख्यो ।
जवाफमा अवामी लिग पार्टीकी ७६ वर्षीया प्रमुखले घातक बल प्रयोग गरेर आफ्नो विरोधीमाथि कडा जवाफ दिइन् । बीएनपीका वरिष्ठ नेताहरुका साथै हजारौं मानिस गिरफ्तार भए ।
बंगलादेशमा अब आइतबार मतदान हुनेछ, जहाँ २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् ।
बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९.६ मिलियन मतदाता छन्, जसले भोलि आइतबार ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।
सम्बन्धित








प्रतिक्रिया