मंगलबार, जेठ १, २०८१

राष्ट्र बैंकले गर्याे पुनः १७ अर्ब रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०८० पुष २२ गते १२:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही पुस २३ गते सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने पुस २४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० चैत्र २७ गते र २०८१ असार २६ गते तोकिएका छन् । यि ट्रेजरी बिलहरु मध्ये एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँको ट्रेजरी बिल मध्ये तीन अर्बको नयाँ भएपनि बाँकी सबै पुरानो नविकरण अन्र्तगतको रहेको छ ।

यसअघि यही पुस १६ गते पनि राष्ट्र बैकले २० अर्ब २५ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया