शुक्रबार, असार २०, २०८२

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० पुष २३ गते १५:३८

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–७ भालुखोप बस्ने मणी राम बरालको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घरभित्र राखेको चिरान काठ जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँ बस्ने श्याम लाल चौधरीको गोठमा आइतबार दिउँसो आगलागी हुँदा चम्फा ट्याक्टर, काठ, भुसा पराल, पाईप लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया