आइतबार, वैशाख २३, २०८१

टिमुरेका तत्कालीन प्रमुख इन्स्पेक्टर नेपाल निर्दोष ठहर, भ्रष्टाचार आरोपमा साढे ३ वर्षपछि सफाइ

नेपालखोज २०८० पुष २३ गते १८:२६

काठमाडौं । रसुवाको सीमा प्रहरी चौकीका तत्कालीन प्रमुख खेम नेपालले भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र अन्य तीन जना हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायणसिंह राई र रीतेन्द्र थापासहितको इजलासले सोमबार सफाइ हुने फैसला सुनाएको हो ।

चीनबाट आएको कन्टेनरका चालकबाट सुन लिएर छाडेको आरोप उनीहरुलाई लागेको थियो । अख्तियारले २०७७ असार ५ गते टिमुरेका तत्कालीन प्रमुखसहित चार जना प्रहरीविरुद्ध अभियोग-पत्र दायर गरेको थियो ।

बरामद सुन बिक्री गरेर पैसा खाएको आरोप उनीहरुमाथि लागे पनि अख्तियारले बिक्री भएको भनिएको सुनसहितका ठोस प्रमाणहरु जुटाउन सकेको थिएन ।

प्रतिक्रिया