१०० मोटरसाइकल चोरी, लागुऔषधदेखि बलात्कार मुद्दासम्म

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका-६ का ४० वर्षीय नजाम अन्सारी हेर्दा सामान्य देखिन्छन् । तर उनको अपराधिक यात्रा भने डरलाग्दो छ । मोरङ– सुनसरीमा मोटरसाइकल चोरीको गिरोह चलाएका उनी विरुद्ध लागूऔषध कारोबार र बलात्कारको मुद्दा पनि छ ।
२९ मंसिरमा विराटनगर महानगरपालिका– १४ बाट पक्राउ परेका अन्सारीको अपराधिक यात्रा २०५९ सालदेखि प्रशासनको रेकर्डमा छ । २१ वर्षमा तीन चोरीका मुद्दामा पक्राउ पर्दै छुटेका उनी विरुद्ध बलात्कार र बैंकिङ कसुरको मुद्दा पनि छ ।
‘हामीसँग एक सय भन्दा बढी मोटरसाइकल चोरेर भारत पुर्याएर बिक्री गरेको बयान दिएका छन्, तर सात वटा चोरीको सिसी क्यामेरा फुटेज भेटियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहाल भन्छन्,‘ सात वटा चोरीको मुद्दा चलाउने तयारी छ, थप अनुसन्धान पनि गर्दैछौं ।’ पक्राउ परेका अन्सारीको साथमा १.३ ग्राम ब्राउनसुगर पनि भेटिएको उनले बताए ।
प्रहरीले अन्सारीको चोरी गर्ने गिरोहका सदस्य भोक्राहा गाउँपालिका-२ का २३ वर्षीय निकाइल अन्सारीलाई पनि पक्राउ गरेको छ ।
प्रतिक्रिया