आइतबार, वैशाख २३, २०८१

तराईमा हुस्सु, तीन प्रदेशमा हिमपात

नेपालखोज २०८० पुष २४ गते ६:१६

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ९भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया