१८ किलो ३ सय ग्राम गाँजासहित चार जना पक्राउ

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित सोही उपमहानगरपालिका–८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय टौडाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३–००५ प ६२३० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो र नगद ५ लाख २० हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २१ वर्षीय पदम बहादुर तामाङ र सोही नगरपालिका–९ बस्ने २८ वर्षीय बम बहादुर राई रहेका छन् । प्रहरी चेकपोष्ट कोठुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगदसहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–१० प्याङगाउँबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ बस्ने २८ वर्षीय राम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
पर्सा । वीरगञ्ज महानगरपालिका–८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज चौधरी रहेका छन् । प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया