शनिबार, जेठ ५, २०८१

अत्यधिक चिसोले पठनपाठन बन्द

नेपालखोज २०८० पुष २५ गते १९:०१

सिरहा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण सिरहाका सामुदायिक विद्यालयको पठनपाठन बन्द हुन थालेको छ । शीतलहरसहितको चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर परेकाले स्थानीय तहले विद्यालय बन्दको सूचना जारी गर्न थालेका छन् ।

गोलबजार नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि पठनपाठन बन्द गरिएको जनाएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाका अनुसार बन्द विद्यालय आगामी माघ २ गतेदेखि खुल्ने छन् ।

त्यसैगरी लक्ष्मपुर पतारी गाउँपालिकाले पनि आजदेखि लागू हुने गरी सूचना जारी गर्दै यहाँका सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको जनाएको छ । त्यस्तै नरहा गाउँपालिकाले पनि सूचना जारी गर्दै बिद्यालय बन्द गरिएको जनाएको छ । पछिल्लो केही दिनयता बाक्लो हुस्सु र शीतलहरको कारण तापक्रम घटेपछि तराईको जनजीवन प्रभावित भएको छ । चिसोका कारण विद्यालय आउने विद्यार्थी सङ्ख्या पनि ह्वात्तै हटेको छ ।

प्रतिक्रिया