पंकज चौधरीलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालखोज
२०७९ चैत १० गते १०:४८

काठमाडौं । दाइजोसम्बन्धी कसूरमा जेल परेका पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
पुस २२ गते जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल परेका थिए ।
न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रूपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो । उनी आज धरौटी बुझाएर रिहा हुनेछन् ।
सम्बन्धित
प्रतिक्रिया