मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकले गर्याे पुनः १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० पुष २६ गते ११:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही पुस २९ गते आईतबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ दुई गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब ७० करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन एक गते र २०८१ बैशाख चार गते तोकिएका छन् ।

यसअघि यही पुस २३ गते पनि राष्ट्र बैकले १७ अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया