आइतबार, वैशाख १६, २०८१

सामान्य अंकले घट्दा चार अर्ब ३० करोडको कारोबार

नेपालखोज २०८० पुष २६ गते १५:१९

काठमाडौं । नेप्सेको उकालो यात्रामा ब्रेक लागेको छ । यसअघि लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने शुन्य दशमलव ६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ८४ दशमलव १४ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ७९ हजार तीन सय ८९ पटकको कारोबारमा दुई करोड २१ लाख ३२ हजार सात सय ६८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा चार वटा समुहहरुको सुचक बढेर नौं वटा समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक ३९ दशमलव शुन्य आठ अंकले बढेर २५ सय ४० दशमलव १९ अंकमा पुगेकोमा लघुवित्त समुहको सुचक पनि ३१ दशमलव शुन्य आठ अंकले बढेर तीन हजार सात सय ६२ दशमलव ५४ अंकमा पुगेको छ । यसैगरी अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः तीन दशमलव ८८ र ११ दशमलव ४७ अंकले बढेका छन् ।

वाणिज्य बैंक समुहको सुचक भने आज एक दशमलव २१ अंकले घटेर ११ सय ८१ दशमलव ४१ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ३८ दशमलव ४३ अंकले घटेर चार हजार एक सय एक दशमलव २९ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि १६ दशमलव ३५ अंकले घटेर १८ सय १६ दशमलव ३६ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचकम पनि एक सय १४ दशमलव ७७ अंकले घटेर १० हजार आठ सय ८५ दशमलव ६१ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव ९१ अंकले घटेर ११ हजार ९३ दशमनलव ३८ अंकमा झरेकोमा होटल तथा पयर्टन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः ५७ दशमलव १३, शुन्य दशमलव ७१, २६ दशमलव ८७ र शुन्य दशमलव १२ अंकले घटेका छन् ।

नेप्सेमा आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय नौं रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को प्रतियुनिट सेयर मुल्य नौं दशमलव ६० प्रतिशतले घटेर नौं सय चार रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

हिमालयन बैंकको संस्थापक सेयरतर्फ भने आज प्रतिकित्ता एक सय ३४ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा २३ करोड ८५ लाख सात हजार २२ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया