राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उममेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभामा रिक्त १९ पदका लागि मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिनेछ ।
प्रतिक्रिया