शनिबार, जेठ ५, २०८१

दाङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्याे

नेपालखोज २०८० पुष २८ गते ६:२९

काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

मृतक १२ मध्ये चारजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया