शनिबार, वैशाख १५, २०८१

आधा खाएको जुठो स्याण्डविचको मूल्य १६ करोड रुपैयाँ !

नेपालखोज २०८० माघ १ गते २०:५०

एउटा स्याण्डविचको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कोही पनि पत्याउँदैन । अझ कसैले खाएर जुठो पारेको स्याण्डविच त सित्तैमा पनि लैजाने कुरा भएन । तर यदि तपाईं पनि यही सोंच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ । किनकि एउटा जुठो स्याण्डविचको टुक्रा करीब १६ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ ।

आधा खाइएको स्याण्डविचको टुक्रा फेसबुकको मार्केटप्लेसमा बिक्रीमा राखिएको छ । यसको मूल्य १३ लाख डलर तोकिएको छ ।

न्युयोर्क पोष्टको रिपोर्ट अनुसार फेसबुकमा राखिएको सो जुठो स्याण्डविचको टुक्राका बारेमा विस्तृत जानकारीसहितको विवरण पनि दिइएको छ । बेलायतको लेस्टरमा बस्ने एक व्यक्तिले गत मंगलबार उक्त स्याण्डविच बिक्रीमा राखेका हुन् ।

स्याण्डविचका बारेमा लेखिएको विवरण अनुसार उक्त स्याण्डविच नयाँ ग्रिल्ड, आधा खाइएको स्याण्डविच हो । त्यसमा चिज तथा हल्का मासु पनि राखिएको छ । स्याण्डविच गज्जबको क्रिस्पी रहेको छ । यसका मालिकले खाएर नसकेको हुनाले स्याण्डविच बिक्रीमा राखेको बताइएको छ ।

स्मरण रहोस् फेसबुक जस्ता प्लाटर्फममा यस्ता अनौठा कुराहरु बिक्रीमा राखिएको यो पहिलो पटक होइन । यसअघि एकजना व्यक्तिले बेक गरिएका सिमीका गेडा तैरिएको झोलमाथि उसिनेको आलु राखिएको खाजालाई अहिलेसम्मकै दु:खी लञ्च भन्दै सोसल मिडियामा पोष्ट गरेका थिए । आफूसँग प्लेट नभएको कारण माइक्रोवेबको काँचको प्लेटमा खानुपरेको उनले उल्लेख गरेका थिए ।

एजेन्सी

प्रतिक्रिया