शनिबार, वैशाख १५, २०८१

अमेरिकी कम्पनीले बनायो चलिरहेको हावाबाट पानी निकाल्ने मेसिन

नेपालखोज २०८० माघ ३ गते १४:०७

अमेरिकाको लस भेगासमा आयोजित विश्वको सबैभन्दा ठुलो मध्येको एक प्रविधिसम्बन्धी मेला कन्जुमर इलेक्ट्रोनिक्स शो, २०२४ मा विश्वभरका ४ हजारभन्दा धेरै कम्पनीहरुले नयाँ नयाँ प्रविधि, उत्पादन तथा प्रोटोटाइपहरु पेस गरिरहेका छन् ।

जनवरी ९ देखि १२ सम्म चलेको यो प्रदर्शनीमा पहिलो २ दिन टेलिभिजन र विद्युतीय गाडीको प्रभुत्व रहेको थियो । पारदर्शी टेलिभिजनदेखि नयाँ प्रविधियुुक्त विद्युतीय गाडीका मोडेलहरु प्रदर्शनीमा सार्वजनिक गरियो । त्यसबाहेक अन्य विभिन्न रोचक प्रविधिहरु प्नि उक्त शो मा प्रस्तुत गरिएका छन्, जसमध्ये तीन वटा प्रविधि यस्ता छन् :

हावाबाट पानी बनाउने उपकरण

अमेरिकी कम्पनी जेनेसिस सिस्टम उक्त प्रदर्शनीमा मंगलबार वाटर क्यूब पेस गरेको छ । एउटा ठुलो माइक्रोवेब ओभन जस्तो देखिने यो उपकरणले हावाबाट पानी बनाउने काम गर्दछ ।

कम्पनीको दाबी अनुसार यो उपकरण पृथ्वीका दूरदराजका क्षेत्रहरुका पानीको संकट समाधानमा निकै महत्वपूर्ण सावित हुनेछ । यो मेसिनले २४ घण्टामा ४५० लिटर पानी उत्पादन गर्ने दाबी गरिएको छ । यद्यपि यो मेसिनले ४० प्रतिशतभन्दा अधिक आद्रता तथा १५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा मात्र राम्रोसँग काम गर्ने बताइएको छ ।

घाँटी चिस्याउने पंखा

मोबाइलको कभर बनाउने चर्चित कम्पनी टोरसले कूलिफाई नामको व्यक्तिगत घाँटी पंखा सार्वजनिक गरेको छ ।

संगीतका पारखी तथा घुमफिरका शौखिन मानिसहरुका लागि यो निकै काम लाग्नसक्छ । नेकफोनजस्तै गर्धनमा भिर्ने यो उपकरणबाट गीत बजाउन मिल्नुका साथै पंखाको चिसो हावा पनि प्राप्त हुन्छ । टोरसका अनुसार यसमा रहेका स-साना धेरै ब्लोअरबाट तिव्रगतिमा हावा निस्किन्छ ।

एक्स पेंगको उड्ने कार

चिनियाँ कार निर्माता कम्पनी एक्सपेंगले एयरोएचटी नामको उड्ने कार पेस गरेको छ ।

सन् २०२५ बाट यो कारको व्यवसायिक उत्पादन सुरु हुनेछ । यसका लागि कम्पनीले तेश्रो त्रैमासिकबाट अर्डर सुरु गर्नेछ ।

एजेन्सीबाट

प्रतिक्रिया