शुक्रबार, असार २०, २०८२

वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

नेपालखोज २०८० माघ ३ गते १७:२९

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ । त्यसैअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकोमा पठाउने निर्णय भएको हो ।

प्रतिक्रिया