बिहीबार, असार १९, २०८२

कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

नेपालखोज २०८० माघ ४ गते १८:३७

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर सुरक्षास्थित बारे छलफल गरेका छन् ।

बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बोलाएर खड्काले छलफल गरेका हुन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्री श्रेष्ठले जानकारी गराएका थिए ।

सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखलाइै आग्रह गरेका थिए ।

प्रतिक्रिया