शुक्रबार, असार २०, २०८२

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, हिमाली भू-भागमा हिमपातको सम्भावना

नेपालखोज २०८० माघ ६ गते ६:२२

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वामनुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया