मंगलबार, वैशाख २५, २०८१

राष्ट्र बैंकले गर्याे पुनः १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० माघ ७ गते १३:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही माघ आठ गते सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने माघ नौं गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको पाँच अर्ब ४९ करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० फागुन ११ गते र २०८१ बैशाख ११ गते तोकिएका छन् । यि ट्रेजरी बिलहरुमा ९१ दिने अवधिको पाच्च अर्ब ४९ करोड रुपैंयाँ मध्ये पाँच अर्बको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने सबै पुरानो नविकरण अन्र्तगतका रहेका छन । यसअघि यही पुस २९ गते पनि राष्ट्र बैकले १५ अर्ब ७० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया