आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
नेपालखोज
२०८० माघ ८ गते १६:१४

ताप्लेजुङ । फुङलिङ नगरपालिका–३ मेदिबुङ स्कुलको क्यान्टिनमा आइतबार राति आगलागी हुँदा क्यान्टिन भवन, फर्निचरको सामान, लगायतका सामानहरू समेत जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
ललितपुर । गोदावरी नगरपालिका–१४ बाडेगाउँको हाडेगाउँ बस्ने बेखराज महर्जनको घरबाट नगद ३० हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ९ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया