शनिबार, असार २१, २०८२

हवल्दारले सेन्ट्रीको राइफल लिएर गोली चलाएको भेटिएपछि बर्खास्तीको तयारी

नेपालखोज २०८० माघ ८ गते १९:१९

काठमाडौं । सर्लाहीको बरथवा नगरपालिका–५ मा प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्तीमा पर्ने भएका छन् ।

छानबिनमा क्रममा अनावश्यक बल प्रयोग गरेको पाइएपछि इलाका प्रहरी कार्यालय, बरथवाका वरिष्ठ हवल्दार सोनेलाल यादवलाई बर्खास्त गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको हो ।

घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको समितिले पनि उनलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । २० पुसमा अस्पताल स्थापनाको विषयमा विवाद हुँदा बरथवा नगरपालिका–६ का जयशंकर साह मारिएका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार, घटनालगत्तै हवल्दार यादवलाई निलम्बन गरेर छानबिन गर्न भनिएको थियो । यद्यपि, उनलाई जिल्ला प्रहरी कार्यालयमा तानेर राखिएको थियो ।

प्रतिक्रिया