बिहीबार, असार १९, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचन आज, ९ देखि ३ बजेसम्म मतदान

नेपालखोज २०८० माघ ११ गते ६:२५

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया