आइतबार, वैशाख १६, २०८१

सातामा २५ अर्ब ९९ करोडको सेयर किनबेच

नेपालखोज २०८० माघ १२ गते १२:३२

काठमाडौं । यो साता नेप्से दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७९ दशमलव ४६ अंकमा सिमित भएको छ ।

यो साता तीन सय ११ वटा कम्पनीहरुको छ लाख १६ हजार छ सय ६६ पटकको कारोबारमा सात करोड ५४ लाख चार हजार सात सय ८७ कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट सातामा २५ अर्ब ९९ करोड ९९ लाख चार हजार आठ सय ७३ रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैंयाँले कम हो ।

गत साता नेप्सेमा तीन सय १४ वटा कम्पनीहरुको सात लाख ४२ हजार ८१ पटकको कारोबारमा नौं करोड ४६ लाख २६ हजार सात सय ६५ कित्ता शेयर खरिद–बिक्री भएको थियो । जसबाट उक्त साता ३१ अर्ब ४१ करोड ८२ लाख ४० हजार तीन सय ६४ रुपैंयाँ २७ सेयर किनबेच भएको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेकोमा पाँच दिनै नेप्से घटेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन आईतबार ३५ दशमलव ६३ अंकले घटेर दुई हजार एक सय ३० दशममलव १८ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव शुन्य नौं अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो ।

यसैगरी पहिलो दिन सात दशमलव ४१ अंकले घटेर तीन सय ८६ दशमलव २० अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि शुन्य दशमलव ९६ अंकले घटेर तीन सय ७९ दशमलव ४६ अंकमा खुम्चिएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स लगातार ओरालो लागेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता हिमालयन रि इन्स्योरेन्स कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया