राष्ट्रपतिबाट तक्मा थापेकी मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर
नेपालखोज
२०८० माघ १२ गते १६:४८

काठमाडौं । मालपोत अधिकृत लेखा पनेरु महत घुस प्रकरणमा दोषी ठहर भएकी छन् ।
ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।
विशेष अदालतले शुक्रबार लेखालाई ६ महिना कैद, एक लाख ५० हजार रुपैयाँ बिगो र बिगोबमोजिम जरिवाना हुने सजाय सुनाएको छ ।
पक्राउ पर्नुअघि निजामतीतर्फ उत्कृष्ट काम गरेको भन्दै उनले राष्ट्रपतिबाट तक्मा लिएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया