शनिबार, असार २१, २०८२

भीमफेदी बन्यो अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्ने पहिलो गाउँपालिका

नेपालखोज २०८० माघ १३ गते १४:१३

हेटौंडा ।मकवानपुरको भीमफेदी गाउँपालिकाले योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो । भीफफेदीमा आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेका हुन् । योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पन्जिकृत ९८ जना सहभागी रहेका छ्न् ।

सामजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पन्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ गाउँपालिका पहिलो रहेको थियो तर कार्यन्वनमा भीमफेदी गाउँपालिकाले इतिहास रचेको छ । गाउँपालिकाले यो योजनालाइ सफल बनाउनलाई चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताए ।

अनौपचारिक क्षेत्रका श्रमिमको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरुको सामजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफुहरुले योजनाको सुरुवात गरेको दाबी गरे ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछी खुसी ब्यक्त गर्दै मेसिन अपरेटको रुपमा कार्यरत भीमफेदी-२ का काशिराम घलानले अबदेखी आफूहरु ढुक्क भएर काम गर्ने वातावरण बनेको बताए ।

प्रतिक्रिया